logo

आइतबार, कार्तिक ९ २०८३

Shree Online TV

२०८३ कार्तिक ९ आइतबार

प्रकाश–प्रियाको ‘म्वाई खादै’ प्रेमिल जोडी, गीतले मच्चायो तहल्का!

प्रकाश–प्रियाको ‘म्वाई खादै’ प्रेमिल जोडी, गीतले मच्चायो तहल्का!


  • सोमबार, भाद्र १ २०८३

  • नेपाली दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक तथा सर्जक प्रकाश पराजुलीले यस वर्षको तीजलाई लक्षित गर्दै सार्वजनिक गरेको ‘म्वाई खादै’ बोलको गीत अहिले चर्चामा छ। आफ्नै श्रीमती प्रिया अधिकारीलाई भिडियोमा अभिनय गराउँदै पराजुलीले सार्वजनिक गरेको गीतले दर्शक तथा सामाजिक सञ्जाल प्रयोगकर्ताको ध्यान तानिरहेको छ।

    गीतमा एउटी नारीले आफ्नो जीवनमा भोगेको पीडा आमाको अगाडि समेत लुकाएर सुनाउनुपर्ने बाध्यतालाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ। श्रीमान् तथा परिवारबाट पाएको पीडा र यातनालाई समेत सहेर अरूको अगाडि मुस्कुराउन बाध्य हुने नारीको वास्तविकतालाई गीतले प्रस्तुत गर्न खोजेको छ।

    भिडियोमा प्रियाको अभिनय र नृत्यले पनि दर्शकको मन जितेको छ। सामाजिक सञ्जालमा रमाइला भिडियोमार्फत चिनिँदै आउनुभएकी प्रियाले अभिनय र नृत्यमा समेत आफ्नो क्षमता देखाउनुभएको छ। गीतमा उहाँले निर्वाह गर्नुभएको भावनात्मक भूमिकाको अहिले सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ।

    भिडियो


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to shreeonlinetv.com Site By :TriTech