काठमाडौं । हरितालिका तीजलाई लक्षित गर्दै गायिका शान्तिश्रीस मगरको नयाँ तीज गीत ‘लाहुरेनीलाई मस्ती’ सार्वजनिक भएको छ। आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीत शान्तिश्रीस मगर आफैंले निर्माण गरेकी हुन्।सुरेश राना मगरको शब्द तथा लयमा तयार भएको गीतमा शान्तिश्रीस मगर र शान्ता रानी परियारको स्वर रहेको छ। लामो समयपछि छुट्टीमा लाहुरे घर फर्किएपछि श्रीमती अर्थात् लाहुरेनीमा देखिने खुसी, उत्साह र चञ्चलतालाई गीतको मुख्य विषय बनाइएको छ।
गीतको भिडियो विजय पुनले निर्देशन गरेका हुन्। भिडियोमा विजय पुन, सजना गुरुङ, चाहना राना मगर र अनुप बुध मगरले अभिनय गरेका छन्। परदेशमा रहेका श्रीमान् लामो समयपछि घर फर्किएपछि परिवारमा देखिने खुसी र रमाइलो क्षणलाई भिडियोमा तीजको परिवेशसँग जोडेर प्रस्तुत गरिएको छ।मौलिक तीजको स्वाद र मनोरञ्जनात्मक प्रस्तुतिलाई प्राथमिकता दिइएको गीतमा लाहुरे परिवारको सामाजिक तथा पारिवारिक परिवेशलाई समेत चित्रण गरिएको छ। पछिल्लो समय तीज गीतमा मौलिकता र स्थानीय परिवेशलाई जोड्ने क्रम बढिरहेका बेला ‘लाहुरेनीलाई मस्ती’ पनि सोही धारमा प्रस्तुत गरिएको छ।
शान्तिश्रीस मगरको आफ्नै च्यानलबाट सार्वजनिक भएको गीतले तीजको अवसरमा दर्शक–श्रोतामाझ राम्रो प्रभाव पार्ने अपेक्षा गरिएको छ।
हेर्नुस होस् गित……….
-
नेपालभरबाट मनसुन बिदा, दशैंमा घमाइलो मौसमको सम्भावना
-
बूढीगण्डकी नदीमा आएको आस्मिक बाढीका कारण उत्तरी गोरखाको जगत गाउँ नाकाबन्दीमा
-
काठमाडौँ उपत्यकामा ग्यास बिक्री केन्द्र ६ बाट बढाएर ११ पुर्याइयो, बिना शुल्क जुनसुकै कम्पनीका ग्यास सिलिन्डर साट्न पाइने
-
कांग्रेस महाधिवेशनमा दुई जिल्ला सभापतिको सफलता, पहिलो प्रयासमै केन्द्रमा
-
कलङ्कीमा कुटपिटबाट एक युवकको हत्या