logo

आइतबार, कार्तिक ९ २०८३

Shree Online TV

२०८३ कार्तिक ९ आइतबार

काठमाडौँ मलको तीज बन्यो विशेष, बाढीप्रभावित परिवारका लागि गरे यति धेरै राहत संकलन

काठमाडौँ मलको तीज बन्यो विशेष, बाढीप्रभावित परिवारका लागि गरे यति धेरै राहत संकलन


  • सोमबार, भाद्र २२ २०८३

  • काठमाडौँ । तीजको अवसरमा हुने भड्किलो उत्सवलाई यसपटक सामाजिक उत्तरदायित्वसँग जोड्दै काठमाडौँ मलका व्यवसायीहरूले बाढीपहिरो प्रभावित परिवारका लागि सहयोगको हात अघि बढाएका छन्।व्यवसायीहरूले आयोजना गरेको तीज भेलामा रसुवामा आएको बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो। साथै, प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि राहत रकम संकलन गरिएको आयोजकले जनाएको छ।

    कार्यक्रममा आयोजक सुष्मा महराले विपद्मा आफन्त, घरबार र सम्पत्ति गुमाएका परिवारलाई सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको बताइन्। उनका अनुसार तीजलाई नाचगान र मनोरञ्जनमा मात्र सीमित नगरी सुख–दुःख बाँड्ने, आत्मीयता बढाउने र आवश्यक परेका नागरिकलाई सहयोग गर्ने अवसरका रूपमा मनाइएको हो।

    महराले सहभागी व्यवसायी तथा उपस्थित महानुभावलाई आफ्नो क्षमताअनुसार राहतमा योगदान गर्न आग्रह गर्दै “दुःखमा साथ दिऔँ, खुसीमा एक–अर्कासँग रमाऔँ र आवश्यक परेको बेला सहयोगको हात फैलाऔँ” भन्ने सन्देश दिइन्।यसरी काठमाडौँ मल व्यवसायीहरूको तीज भेला सांस्कृतिक उत्सवसँगै विपद् प्रभावितप्रति ऐक्यबद्धता र मानवीय सहयोगको उदाहरण बनेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to shreeonlinetv.com Site By :TriTech