काठमाडौँ । तीजको अवसरमा हुने भड्किलो उत्सवलाई यसपटक सामाजिक उत्तरदायित्वसँग जोड्दै काठमाडौँ मलका व्यवसायीहरूले बाढीपहिरो प्रभावित परिवारका लागि सहयोगको हात अघि बढाएका छन्।व्यवसायीहरूले आयोजना गरेको तीज भेलामा रसुवामा आएको बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो। साथै, प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि राहत रकम संकलन गरिएको आयोजकले जनाएको छ।
महराले सहभागी व्यवसायी तथा उपस्थित महानुभावलाई आफ्नो क्षमताअनुसार राहतमा योगदान गर्न आग्रह गर्दै “दुःखमा साथ दिऔँ, खुसीमा एक–अर्कासँग रमाऔँ र आवश्यक परेको बेला सहयोगको हात फैलाऔँ” भन्ने सन्देश दिइन्।यसरी काठमाडौँ मल व्यवसायीहरूको तीज भेला सांस्कृतिक उत्सवसँगै विपद् प्रभावितप्रति ऐक्यबद्धता र मानवीय सहयोगको उदाहरण बनेको छ।
-
नेपालभरबाट मनसुन बिदा, दशैंमा घमाइलो मौसमको सम्भावना
-
बूढीगण्डकी नदीमा आएको आस्मिक बाढीका कारण उत्तरी गोरखाको जगत गाउँ नाकाबन्दीमा
-
काठमाडौँ उपत्यकामा ग्यास बिक्री केन्द्र ६ बाट बढाएर ११ पुर्याइयो, बिना शुल्क जुनसुकै कम्पनीका ग्यास सिलिन्डर साट्न पाइने
-
कांग्रेस महाधिवेशनमा दुई जिल्ला सभापतिको सफलता, पहिलो प्रयासमै केन्द्रमा
-
कलङ्कीमा कुटपिटबाट एक युवकको हत्या