logo

आइतबार, कार्तिक ९ २०८३

Shree Online TV

२०८३ कार्तिक ९ आइतबार

एकैदिन तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन, कतिमा हुदै छ कारोबार

एकैदिन तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन, कतिमा हुदै छ कारोबार


  • आइतबार, कार्तिक ९ २०८३

  • आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७ सय रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले दसैंपछि आज सुनचाँदीको मूल्य समायोजन गरेको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा दसैंपछि सुनको मूल्य उच्च दरले घटेको महासंघले जनाएको छ ।

    आज सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसअघि गत सोमबार २ लाख ९० हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सोमबारयता आजै नयाँ मूल्य तय भएको हो ।त्यस्तै चाँदीको भाउ प्रतितोला २३० रुपैयाँ घटेको छ । गत सोमबार चाँदी प्रतितोला ४ हजार १८५ रुपैयाँमा कारोबार भएकोमा आज ३ हजार ९५५ रुपैयाँमा झरेको छ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to shreeonlinetv.com Site By :TriTech