logo

आइतबार, कार्तिक ९ २०८३

Shree Online TV

२०८३ कार्तिक ९ आइतबार

नेपालभरबाट मनसुन बिदा, दशैंमा घमाइलो मौसमको सम्भावना

नेपालभरबाट मनसुन बिदा, दशैंमा घमाइलो मौसमको सम्भावना


  • बुधबार, असोज २८ २०८३

  • मनसुन पूरै नेपालबाट बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज असोज २८ गते ‘​मनसुन बहिर्गमन बुलेटिन-२’ जारी गरी आज (अक्टोबर १४) देखि देशभर कतै पनि मनसुन नरहेको घोषणा गरेको हो।

    यसअघि मौसम विभागले यही असोज १७ गते (अक्टोबर ३ तारिख) ‘मनसुन बहिर्गमन बुलेटिन-१’ प्रकाशन गरी सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सबै भाग तथा लुम्बिनी प्रदेशको पश्चिमी भेगका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी क्षेत्रका थोरै स्थानबाट मनसुन हटेको जानकारी गराएको थियो। आज बाँकी स्थानबाट पनि मनसुन बाहिरिएको अर्थात् अबदेखि देशभरि नै मनसुन नरहेको जानकारी मौसम विभागले गराएको हो।

    मौसम विभागका अनुसार नेपालबाट मनसुन बाहिरिने सरदर अर्थात् औसत मिति अक्टोबर २ तारिख हो। यस हिसाबले यस वर्ष मनसुन १२ दिन ढिला बाहिरिएको हो।
    हेर्नुहोस् सूचना


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to shreeonlinetv.com Site By :TriTech