मनसुन पूरै नेपालबाट बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज असोज २८ गते ‘मनसुन बहिर्गमन बुलेटिन-२’ जारी गरी आज (अक्टोबर १४) देखि देशभर कतै पनि मनसुन नरहेको घोषणा गरेको हो।
यसअघि मौसम विभागले यही असोज १७ गते (अक्टोबर ३ तारिख) ‘मनसुन बहिर्गमन बुलेटिन-१’ प्रकाशन गरी सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सबै भाग तथा लुम्बिनी प्रदेशको पश्चिमी भेगका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी क्षेत्रका थोरै स्थानबाट मनसुन हटेको जानकारी गराएको थियो। आज बाँकी स्थानबाट पनि मनसुन बाहिरिएको अर्थात् अबदेखि देशभरि नै मनसुन नरहेको जानकारी मौसम विभागले गराएको हो।

मौसम विभागका अनुसार नेपालबाट मनसुन बाहिरिने सरदर अर्थात् औसत मिति अक्टोबर २ तारिख हो। यस हिसाबले यस वर्ष मनसुन १२ दिन ढिला बाहिरिएको हो।
हेर्नुहोस् सूचना

-
नेपालभरबाट मनसुन बिदा, दशैंमा घमाइलो मौसमको सम्भावना
-
बूढीगण्डकी नदीमा आएको आस्मिक बाढीका कारण उत्तरी गोरखाको जगत गाउँ नाकाबन्दीमा
-
काठमाडौँ उपत्यकामा ग्यास बिक्री केन्द्र ६ बाट बढाएर ११ पुर्याइयो, बिना शुल्क जुनसुकै कम्पनीका ग्यास सिलिन्डर साट्न पाइने
-
कांग्रेस महाधिवेशनमा दुई जिल्ला सभापतिको सफलता, पहिलो प्रयासमै केन्द्रमा
-
कलङ्कीमा कुटपिटबाट एक युवकको हत्या