२५ असोज, काठमाडौं । बूढीगण्डकी नदीमा आएको आस्मिक बाढीका कारण उत्तरी गोरखाको जगत गाउँ नाकाबन्दीमा परेको छ। चुमनुब्री गाउँपालिको सिर्दिवासस्थित जगत गाउँ नाकाबन्दीमा परेको हो।मनास्लु संरक्षण क्षेत्र आयोजनाको फिलिम कार्यालय प्रमुख भुवनराज ओझाले भने, ‘जगत गाउँका स्थानीय चाहिँ थुनिए। त्यहाँबाट तल जान पनि नसक्ने र माथि जान पनि नसक्ने अवस्था छ।’
उनका अनुसार जगतबाट माथि जानलाई सल्लेरीमा बाढीले सडक तथा पैलदमार्ग सबै कटान गरेको छ। त्यस्तै जगतबाट तल बगरमा पनि बाटो कटान गरेर जान नमिल्ने भएको छ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाका अनुसार जगतका २५ घर नाकाबन्दीमा परेका छन्।
‘जगत गाउँ नै नाकाबन्दीमा परेको छ। गाउँ तल कालेभिरको बाटो पूरै कटान छ। माथि सल्लेरी सबै बगाएको छ। जान-आउन नमिल्नेछ,’ उनले भने, ‘जगतमा ९ घर चाहिँ बगायो। मानिसहरू सुरक्षित हुनुहुन्छ।’उनले गाउँपालिकाले बाढी प्रभावितहरूको एकिन तथ्यांक संकलन गरेर राहत वितरणको तयारी गरिरहेको बताए। ‘हामी अहिले यहाँका स्थानीयलाई पहिले बस्नका लागि त्रिपाल र खाद्यन्न सामग्री दिने तयारी गरिरहेका छौं,’ उनले भने।
-
नेपालभरबाट मनसुन बिदा, दशैंमा घमाइलो मौसमको सम्भावना
-
बूढीगण्डकी नदीमा आएको आस्मिक बाढीका कारण उत्तरी गोरखाको जगत गाउँ नाकाबन्दीमा
-
कांग्रेस महाधिवेशनमा दुई जिल्ला सभापतिको सफलता, पहिलो प्रयासमै केन्द्रमा
-
काठमाडौँ उपत्यकामा ग्यास बिक्री केन्द्र ६ बाट बढाएर ११ पुर्याइयो, बिना शुल्क जुनसुकै कम्पनीका ग्यास सिलिन्डर साट्न पाइने
-
कलङ्कीमा कुटपिटबाट एक युवकको हत्या