logo

आइतबार, कार्तिक ९ २०८३

Shree Online TV

२०८३ कार्तिक ९ आइतबार

कांग्रेसको १५औँ महाधिवेशनमा उस्पार सुनारको इन्ट्री, युवा नेतृत्वमा नयाँ पुस्ताको दाबी

कांग्रेसको १५औँ महाधिवेशनमा उस्पार सुनारको इन्ट्री, युवा नेतृत्वमा नयाँ पुस्ताको दाबी


  • बुधबार, असोज २१ २०८३

  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उस्पार सुनारले केन्द्रीय सदस्य (खुला युवा, ३५ वर्षमुनि) समूहबाट उम्मेदवारी घोषणा गरेका छन्।सुनारले पार्टीको आगामी नेतृत्वमा युवा पुस्ताको अर्थपूर्ण सहभागिता आवश्यक रहेको भन्दै आफ्नो उम्मेदवारी अघि सारेका हुन्। उनले आफ्नो उम्मेदवारीलाई केवल एउटा पद प्राप्त गर्ने प्रयास नभई युवा पुस्ताको आवाजलाई पार्टीको नेतृत्व तहसम्म पुर्‍याउने अभियानका रूपमा प्रस्तुत गरेका छन्।

    नेपाली कांग्रेस अहिले महत्वपूर्ण मोडमा रहेको उल्लेख गर्दै सुनारले पार्टीलाई नयाँ सोच, नयाँ ऊर्जा र नयाँ पुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्।उनका अनुसार युवासँग देश परिवर्तन गर्ने सपना, क्षमता र इच्छाशक्ति भए पनि उनीहरूको आवाज निर्णय गर्ने तहमा बलियो रूपमा पुग्न आवश्यक छ। त्यसका लागि आफूले युवा प्रतिनिधिको विश्वास र समर्थन लिएर अघि बढ्न चाहेको उनले बताएका छन्।उनि तेह्रौ महाधिवेशनको कान्छो प्रतिनिधि हुन् भने तिन वटा महाधिवेशनको प्रतिनिधिसमेत भैसकेको छन्। १७ बर्षको उमेरदेखि नै पार्टीमा सक्रिय भएका सुनार बाल कांग्रेस हुदै युवा कांग्रेसमा आफ्नो सक्रिय भुमिका निर्वाह गर्दै आइरहेका छन् र उनि नेपाल दलित संघ काभ्रेको अध्यक्षसमेत हुन् ।

    सुनारले पार्टीभित्र युवाको अर्थपूर्ण सहभागिता, अवसरमा समान पहुँच, संगठनको सुदृढीकरण तथा जनतासँग अझ नजिक भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।‘पुरानो अनुभव र नयाँ पुस्ताको ऊर्जा मिलेर नै नेपाली कांग्रेसलाई अझ बलियो र जनमुखी बनाउन सकिन्छ’ भन्ने आफ्नो विश्वास रहेको उनले बताएका छन्।

    महाधिवेशनमा ३५ वर्षमुनिका युवा प्रतिनिधिहरूको साथ, समर्थन र मतको अपेक्षा गर्दै सुनारले आफूले पाएको विश्वासलाई जिम्मेवारीका रूपमा लिएर पार्टी तथा जनताको हितमा इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन्।उनले ‘युवा आवाज बलियो बनाऔँ, नयाँ ऊर्जा र नयाँ सोचका साथ अघि बढौँ’ भन्ने सन्देशसहित आफ्नो उम्मेदवारीलाई अघि सारेका छन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to shreeonlinetv.com Site By :TriTech