logo

आइतबार, कार्तिक ९ २०८३

Shree Online TV

२०८३ कार्तिक ९ आइतबार

सुन–चाँदी किन्नेका लागि राहत! तीजको दिन घट्यो मूल्य

सुन–चाँदी किन्नेका लागि राहत! तीजको दिन घट्यो मूल्य


  • सोमबार, भाद्र २९ २०८३

  • आज सुनचाँदीकै भाउ घटेको छ। हिजो तोलामा १ हजार २ सय रुपैयाँ बढेको सुनको भाउ आज १ हजार २ सय नै घटेर ३ लाख १ हजारमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गएको शुक्रबार तोलामा ४ हजार ८ सय रुपैयाँ घटेको सुनको भाउ हिजो बढेर ३ लाख २ हजार दुईसय रुपैयाँ पुगेको थियो।

    त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँ घटेर ४ हजार ६ सय २० रुपैयाँमा झरेको छ। गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

    त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to shreeonlinetv.com Site By :TriTech